पोखरामा बुद्ध मूर्तिको प्रतिष्ठा पूजा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३ नारायणस्थानस्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भूमि स्पर्श धातुको बुद्ध मूर्तिको भिक्षु संघको सानिध्यमा प्रतिष्ठा पूजा भएको छ ।

चन्द्रवती उदासको स्मृतिमा पति राधेश्याम उदास तथा छोरा बुहारी गौतम उदास, शान्ति श्रेष्ठ उदास, एवं उदास परिवारले भगवान बुद्धको मूर्ति प्रदान गरेका थिए ।

मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा कार्यक्रममा परियती उदय विहारका प्रमुख विमल धम्म र पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रकाशमान उदासले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, लक्ष्मी नारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्रलक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए ।

वि.सं. १९६० को दशक तिर स्व. रत्नमान खरदारले जिर्णोद्धार गरेको चैत्य वि.स.२०५२ सालमा पुनःनिर्माण भएको थियो ।

साथै चैत्यको संरक्षण, संर्वद्धन र भगवान बुद्धको व्यवहारिक शिक्षालाई प्रचार-प्रसार गर्न २०५३ सालमा मैत्री संघको स्थापना भएको थियो । मैत्री संघले निःशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button