किनबेचको स्थल बन्यो लेखनाथ महोत्सव

पोखरा । १९ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफूलाई आवश्यक पर्ने स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मूल्यमा पाईने भएपछि महोत्सव स्थल व्यापारिक केन्द बिन्दु बनेको हो ।

महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष ध्रुवबाबु भट्टराईको दावी रहेको छ ।

महोत्सवमा राखिएका करिब तीन सय ४७ फरक फरक प्रकृतिका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाइने भएपछि उपस्थित दर्शकहरु खुसी हुँदै फर्केका देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट छन् ।

पुसको १६ गतेसम्म चल्ने महोत्सव छैटौं दिनमा चलीरहँदा बुधबारमात्र करिव ४० लाख बराबरको आर्थीक कारोबार भएको र अहिलेसम्म आउँदा ५ करोड १० लाख बराबरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।

वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप बाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन बढ्दै गएको देखिएको छ ।

यसैबीच बुधवारमात्र करिब २० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या २ लाख १५ हजार पुगेको संघका अध्यक्ष विनोद श्रेष्ठको भनाइ छ ।

फरक फरक दिन फरक-फरक शैलीको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरिएकाले दोहोरीका पारखीदेखि युवाहरुलाई लक्षीत गरि आयोजित लाइभ पप कन्सर्टका कारण सवै प्रकृतीका दर्शकको सहभागीताले महोत्सवलाई थप रोचक बनाएको आयोजकको दावी छ ।

महोत्सवमा बुधबार लोकदोहोरी कलाकारहरु विष्णु खत्री, वसन्त विक, तारापति सुवेदी, भूमिका गिरी, सुनिता नेपाली र कमला सुनार, हाँस्यव्यंग्यतर्फ पुरुषोत्तम भण्डारी पुर्खेबाको प्रस्तुति रहेको थियो भने बेलुका लाइभ कन्सर्टमा साहिमा श्रेष्ठ, रमेशराज भट्टराइ र जित पुन लगायतको प्रस्तुतिले स्टेज तताएको थियो ।

महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुति लगायतका कार्यक्रमहरु पनि भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button