समाजसेवी गुरुङद्वारा २३ औं आहा रारा पोखरा गोल्डकपका लागि सहयोग

पोखरा । समाजसेवी, सहारा क्लव हङकङका सल्लाहकार एवं कानून व्यवसायी देव गुरुङले २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिताका लागि आर्थिक सहयोग गरेका छन् ।

उनले रु. ५१ हजार नगद प्रतियोगिता संयोजक एवं क्लवका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

पोखरा लामाचौर निवासी गुरुङ हाल हङकङ बस्दै आएका छन् ।

उनले सहारा क्लवलाई यसअघि पनि सहयोग गर्दै आएका थिए ।

उनले सहारा एकेडेमीका लागि करिब ७ लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको बताइन्छ ।

गुरुङले सहाराका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ दोस्रो साता पोखरा रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित उक्त फुटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमहरु, विदेशी टिम, मोफसलको टिमसहित आयोजकका टिमले भाग लिने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button