आगोले जलेर ४ महिनाका शिशुको मृत्यु

खलङ्गा । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ ।

नौगाड गाउँपालिका-३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो ।

उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button