पोखरामा म्याग्दीकी एक महिलाको हत्या, श्रीमान् पक्राउ

पोखरा । पोखरामा आज दिउँसो एक महिलाको हत्या भएको छ ।

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ७ ताकम घर भई हाल पोखरा महानगरपालिका वडा नं. २९ नौबिसे बस्दै आएकी ३९ वर्षकी रेखा घर्तीको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

रेखाको हत्या आरोपमा उनका श्रीमान् ३६ वर्षका रत्नबहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

आज दिउँसो १ः४० बजे घरायसी झगडामा रत्नबहादुरले श्रीमती रेखाको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले रत्नबहादुरलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button