अखिल नेपाल यातायात मजदुर संघ कास्कीमा कुमार

  • पोखरा न्यूज
  • २०८० पौष १२
अखिल नेपाल यातायात मजदुर संघ कास्कीमा कुमार

पोखरा । अखिल नेपाल यातायात मजदुर संघ कास्कीको अध्यक्षमा कुमार गुरुङ चयन भएका छन् । संघको दोस्रो कास्की जिल्ला भेलाले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा वीजेन्द्र गुरुङ र केशव थापा, सचिवमा धनराज शर्मा सुवेदी, सहसचिवमा सन्दीप लामिछाने, देवीराज पाण्डेका साथै कोषाध्यक्षमा कृष्ण नराल चयन भएका छ्न् ।

संघको सदस्यमा सोमबहादुर बिक, तुलाराम शर्मा, रामकृष्ण श्रेष्ठ, हिमबहादुर परियार, बिराट पौडेल, दीपक परियार, राजकुमार भुजेल, शालिक परियार, दलबहादुर थापा, बिष्णु पाण्डे, विजय सुनाम र गणेश सुवेदी चयन भएका छन् ।

निर्वाचित कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नेत्रनाथ अधिकारी, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष दिपक केसीले बधाई ज्ञापन गरेका थिए ।

भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष रुद्र गौतम, पृथ्वी राजमार्ग बस सञ्चालक समितिका तर्फबाट सञ्चालक अशोक चौधरी, गण्डकी ट्याक्सी व्यवसाय समितिका अध्यक्ष गान्धीराज गिरी, पोखरेली ट्याक्सी व्यवसायी समितिका अध्यक्ष शोभाकान्त पौडेल, निवर्तमान अध्यक्ष प्रकाशमणि तिवारी लगायतले बोलेका थिए ।

अग्निधर खनालको अध्यक्षतामा भएको भेलामा युवराज भट्टराईले स्वागत र कार्यक्रम सञ्चालन अर्जुन पौडेलले गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस