पोखरा । न्यूरोड युवा क्लवले महेन्द्र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीको उपस्थितिमा स्वीटर वितरण गरिएको थियो ।
यो चिसो मौसममा स्वीटरको खाँचोमा परेका २२ जना विद्यार्थीलाई स्वीटर प्रदान गरिएको क्लवका अध्यक्ष वंशद सिंह खवासले बताए ।
सरकारी विद्यालयका विद्यार्थीहरुको शैक्षिक जीवनमा योगदान पुर्याउन न्यूरोड युवा क्लवले निरन्तर रुपमा विभिन्न सरकारी विद्यालयमा काम गर्ने योजना बनाएको अध्यक्ष खवासले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution