विद्यार्थीलाई मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम

पोखरा । कास्कीको रूपा गाउँपालिका-२ थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहीबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो ।

सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।

तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विद्यार्थीहरूले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना अनुभवसमेत आदानप्रदान गरेका तालिममा साइबर अपराधबाट जोगिने र जोगाउने उपायबारे छलफल भएको थियो ।

सोही अवसरमा बाल क्लबले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूबारे पनि छलफल गरिएको थियो ।

पढाइसम्बन्धी एप्लिकेसनहरूका बारेमा जानकारी दिएको तालिममा बाल क्लवकी अध्यक्ष समीक्षा सुनाम, कोषाध्यक्ष करुणा ओझा, युवा रेडक्रस सर्कलका अध्यक्ष विदुर अधिकारीलगायतले प्रतिक्रिया दिएका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button