|फाइल तस्बिर
पोखरा । मोफसलको प्रतिष्ठित २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगिताका माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ ।
आयोजक सहारा क्लव पोखराले बिहीबार प्रतियोगिताको मिति तय भएको बारेमा जानकारी दिएको हो ।
प्रतियोगिताको खेल सञ्चालन गर्ने समय तालिका अखिल नेपाल फुटबल संघबाट हालै आयोजकलाई प्राप्त भएको महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखराको टिम सहभागी बन्नेछ । आयोजक टीमको लागि खेलाडी छनोट र प्रशिक्षण कार्यक्रम सुरु भैसकेको छ ।
सहारा क्लवका अध्यक्ष एवं प्रतियोगिता मूल आयोजक समितिका संयोजकसमेत रहेका केशवराज बरालले प्रतियोगिताको तयारीमा तीव्रता दिइएको बताए । सबैको साथ रंगशालाका कारण पनि प्रतियोगिता भव्य रुपमा सम्पन्न हुने अध्यक्ष बरालको विश्वास छ ।
अघिल्लो संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको विजेता संकटा क्लब काठमाडौं र उपविजेता भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिका बन्न सफल भएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution