
पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हुस्स लागेको छ ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
राति भने गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।
देशभर तापक्रम घट्दो दरमा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





