हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।

हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button