सन्दीप लामिछानेविरुद्धको मुद्दा आज टुंग्याउने तयारी

पोखरा । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा आज टुंग्याउने तयारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज पनि सुनुवाइ हुने र मुद्धाको छिनोफानो सकभर आजै गर्ने तयारी गरेको भएको बताइन्छ ।

गत आइतबारदेखि सुरु भएको बहस बिहीबारसम्म पनि नटुङ्गिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिहीबार मुरारी सापकोटा, अधिवक्ता रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

रमणकुमार श्रेष्ठको बहस नसकिएकाले आज पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ आज नै टुङ्ग्याउने तयारी गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button