लेखनाथ महोत्सवमा आज र्‍यापर लाहुरे आउने

पोखरा । १९औं संस्करणको लेखनाथ महोत्सवको आज नवौं दिनसम्म पनि जारी छ । महोत्सवमा दर्शक र कारोबार दिनप्रतिदिन बढिरहेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवका सहसंयोजक संयोजक राजेन्द्र ओझाका अनुसार ८ दिन महोत्सव सकिँदा करिब ८ करोडको कारोबार भएको छ । हालसम्म २ लाख ३० हजार दर्शकहरुले महोत्सव अवलोकन गरेको उनले बताए ।

महोत्सवमा आज लोकदोहोरी कलाकारहरु रामजी खाँण, आशा बिसी, तारा थापा, मनु राना, लोकनाथ सापकोटा, वसन्त लम्साल र नवराज अधिकारी लगायतले स्टेज तताउनेछन् भने हाँस्यव्यंग्यतर्फ दिनेश काफ्लेको प्रस्तुति रहनेछ । यस्तै, साँझकाे लाईभ कन्सर्टमा र्‍यापर आशिष राना ‘लाहुरे’ र एलिना चौहानको व्यण्डले महोत्सव तताउने आयोजकले जनाएको छ ।

पुस १६ गतेसम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवर्द्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई-सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

महोत्सवमा बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button