पोखरा । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि बहस र चर्चा परिचर्चा सुरु भएको छ । विशेषगरि नेपाली कांग्रेसमा यससम्बन्धी बहस तीव्र भएको छ । सत्ता गठवन्धनमा आवद्ध दलहरुलाई मिलाएर अघि बढाउने जिम्मेवारी कांग्रेसको भएकाले कांग्रेस बढी बहस भएको हो ।
साथै राष्ट्रिय सभाको अबको अध्यक्ष को बन्ने भन्ने विषयले पनि पार्टीमा प्रवेश पाएको नेताहरुले बताएका छन् । यसमा नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीले राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने दावी गरेको छ ।
गण्डकीका ११ वटै जिल्लाबाट पहिले १६७ जनाको नाम सिफारिस गरेपनि पछि १ जना थपेर १६८ जनाको नाम सिफारिस गरेको हो ।
राष्ट्रियसभा सदस्यका लागि कांग्रेसभित्र दर्जनौँ आकांक्षी देखिएका छन् । यसका लागि पार्टीको प्रदेश समितिबाट सयौंको नाम सिफारिस भएका छन् ।
कांग्रेस कास्की जिल्लाबाट ४३ जनाको नाम सिफारिस भएको छ । कास्कीबाट अन्यमा ३१ जना, महिला १० जना र अपाङ्गता तथा अल्पसंख्यक कोटाबाट २ जना गरेर ४३ जनाको नाम सिफारिस भएको हो ।
यस्तै, मनाङबाट सबैभन्दा कम दुई, बागलुङबाट २३ जना, स्याङ्जाबाट १९ जना, नवलपुरबाट १८ जना, पर्वतबाट १४ जना, गोरखाबाट १७ जना, मुस्ताङबाट ६ जना, लमजुङबाट १० जना र म्याग्दीबाट ५ जनाको नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले जानकारी दिए ।
नेपाली कांग्रेसले गण्डकीबाट सिफारिस गरेकाहरु अधिकांश पुराना नेताहरु छन् । कांग्रेसले कास्कीबाट पूर्व सांसद तथा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, पार्टीका पूर्व महामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरूङलगायत छन् ।
कास्कीबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी पनि आकांक्षी देखिएका छन् । यस्तै, दुई पत्रकारहरु शिरोमणि बराल र राजबहादुर गुरुङको नाम पनि सिफारिसमा भएको छ ।
यता, स्याङ्जामा पूर्वमन्त्री तथा उपसभापति गोपालमान श्रेष्ठ, नवलपुरबाट गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलदेखि स्याङ्जाका व्यवसायी खुमा अर्याल, तनहुँका पुराना नेता रामचन्द्र पोखरेल, रघु पौडेलको नाम सिफारिसमा भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution