बालकृष्ण खाँण कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी

पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँण पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

खाँण एक वर्षपछि पार्टी बैठकमा सहभागी भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका वैशाख २६ गते पक्राउ परेका थिए । उनी केही दिन अघि धरौटीमा रिहा भएका थिए ।

बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सरकारमा सहभागी मन्त्रीहरुको कामको समीक्षा, आशन्न राष्ट्रियसभा निर्वाचन र महासमिति बैठकबारे छलफल भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button