भौतिक पूर्वाधार मन्त्री ज्वालाको गाडीमा आगजनी

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर आन्दोलित युवाहरुले ललितपुरको ग्वार्कोमा मन्त्रीको गाडीमा आगजनी गरेका छन् ।

उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हुन् ।

मन्त्री ज्वाला र मन्त्रीका पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका थिए ।

आगजनीपछि बा २ झ ५८६१ नम्बरको गाडी क्षतिग्रत भएको छ । प्रदर्शनकारीले सडक नै अबरुद्ध पारेर आन्दोलन गरिरहेका छन् । उक्त क्षेत्र तनावग्रस्त भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button