बालकुमारी घटना : प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ । उनको पहिचान भने खुलेको छैन ।

प्रहरीको गोली लागेर ढलेका युवकलाई तत्कालै उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पतालमा पुयाइएको थियो । उनलाई तत्कालै चिकित्सकले मृत घोषित गरेको थियो ।

घाइतेलाई १२ बजेर ४० मिनेटमा किष्टमा ल्याइएको थियो । उनलाई चिकित्सकहरूले दिउँसो १ बजेर १७ मिनेटमा मृत घोषणा गरेका थिए ।

उनलाई शुक्रवार दिउँसो बालकुमारीमा भएको आन्दोलनमा सहभागी ती युवकलाई प्रहरीले चलाएको गोली लागेको बताइएको छ ।

आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

यस्तै आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउसमेत गरेको छ । घटनामा केही आन्दोलनकारी घाइतेसमेत भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button