तनहुँमा बस दुर्घटना, १६ जना घाइते

पोखरा । तनहुँमा हिजो दिउसो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । व्यास नगरपालिका वडा नं. १० स्थित परेवाडाँडामा बस पल्टिँदा १६ जना घाइते भएका छन् ।

आज दिउसो १२ः३० बजे दमौलीबाट लमजुङ कुन्छातर्फ जाँदै गरेको ना६ख ५४७९ नम्बरको बस दमौली–भोर्लेटार भित्री सडक खण्डमा दुर्घटना भएको भएको हो ।

बस अनियन्त्रित भइ सडकदेखि करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दिलीपकुमार हुमागाइँले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् १४ जना घर फर्किएको र दुई जनाको उपचार भइरहेको इन्स्पेक्टर हुमागाइँले बताए । उनीहरुको अवस्था मध्यम रहेको छ । उनका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button