आजको मौसम कस्तो रहला ?

  • पोखरा न्यूज
  • २०८० पौष १४
Post Thumbnail

पोखरा । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि दिउँसोदेखि पश्चिमी वायूको आंशिक प्रभाव पर्ने संभावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्स/कुहिरो लागेको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।

गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पनि गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस