|फाइल तस्बिर
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको योजना बनाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति यादवले यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा कुनै दीर्घकालीन योजनाबिना विमानस्थलमा अर्बौंको लगानी गराउनेलाई कारबाही गर्न आवश्यक रहेको उनले बताए ।
उनले बिनायोजना विमानस्थलमा अर्बौं लगानी गराउनेहरू विमानस्थल चलेन भनेर उम्कन नपाउने उल्लेख गरे ।
सभापति यादवले योजना बनाउने सबै जना दोषीको भागिदार हुनुपर्ने बताए । उनले कुनै पनि लगानी बिना लक्ष्य, उद्देश्य र बिजनेसबिना गर्न नहुने बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलजस्तो दीर्घकालीन परियोजना हचुवाको भरमा बनाउनुको पछाडि स्वार्थ रहेको भन्दै समितिले अध्ययन गर्ने बताए ।
यादवले पोखरा विमानस्थलको सम्पूर्ण फाइल समितिले मगाएको भन्दै फाइलको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गरिने बताए ।
उनले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले समेत बिजनेस गर्न नसकेको बताए ।
उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई देखाएर निजगढ विमानस्थल बनाउन नदिने खेल भइरहेको बताए ।
उनले विकासविरोधी र मधेसविरोधी चिन्तन भएकाहरू काठमाडौंको पाँचतारे होटलमा बसेर निजगढ विमानस्थल बनाउन नहुने बहस भइरहेको बताए ।
उनले नेपालको हवाई उडान क्षेत्रको विकास गर्न सके मुलुकको जिडिपीमा सबैभन्दा बढी योगदान दिन सक्ने बताए ।
उनले नेपाललाई आर्थिक रुपमा समृद्ध, अन्तर्राष्ट्रिय रुपमा सम्मानजनक ब्रान्डिङ र बेरोजगारीको समस्या समाधान गर्न हवाई क्षेत्रमा विकास गर्न जरुरी रहेको बताए ।
उनले नेपाली हवाई उड्डयन क्षेत्र युरोपियन युनियन (ईयु) को कालोसूचीबाट हट्न नसकेको प्रति दुःख व्यक्त गरे।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution