पोखरा । बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । युनाइटेड क्लवको आयोजनामा यहि पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन महोत्सवमा सो प्रतियोगिता हुने भएको हो ।
लोक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागिएको महोत्सवका सांस्कृतिक व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, द्वितीय हुनेलाई नगद ३५ हजार, तृतीय हुनेलाई नगद २५ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको विशेष सहयोग रहनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution