बस दुर्घटनामा उसु खेलाडी खड्काको मृत्यु

धनगढी । धनगढीमा आज बिहान बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी नगरपालिका वडा नं. १२ जुगेडाकी १८ वर्षीया नीता खड्का रहेको प्रहरीले जनाएको छ । खड्का उसु खेलाडी हुन् । उनको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हेटौंडामा सम्पन्न उसु प्रतियोगितामा सहभागी भएर घर फर्किने क्रममा उनी सुदूरपश्चिम यातायातको ३३९२ नम्बरको बसलाई कपिलवस्तुको चन्द्रौटा नजिक चोरखोलामा ट्रकले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा खेलाडीहरु पुष्पा कुँवर, सपना तामाङ, सृजना बीसी, मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दिपक चौधरी, ज्ञानु बिक र निर्णायकहरु खुसीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएका छन् । घाइतेहरुको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भएको प्रहरीले जनाएको छ ।

मृतक खड्काले हेटौंडामा सम्पन्न प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button