पोखरा । नेपाली कांग्रेस कास्कीले आज कार्यकर्ता भेटघाट र सोमबार प्रवचन कार्यक्रम आयोजना गरेको छ ।
आइतबार बिहान ११ः३० बजे पार्टी कार्यालय चिप्लेढुंगामा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको पार्टी सभापति किशोरदत्त बरालले जानकारी दिए ।
कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ ।
यसैगरी सोमबार ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा प्रवचन कार्यक्रम आयोजना गरिएको सभापति बरालले बताए ।
कार्यक्रम सोमबार बिहान ११ बजे पार्टी कार्यालय चिप्लेढुंगामा हुनेछ । प्रवचन कार्यक्रममा कांग्रेसका बौद्धिक नेता एवं पूर्वमन्त्री महेश आचार्य सहभागी हुँदैछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution