पोखराको अन्नपूर्ण सहकारीको अध्यक्षमा फेरि पौडेल

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ हरिचोकस्थित अन्नपूर्ण बचत तथा ऋृण सहकारी संस्थाको अध्यक्षमा पुनः ईन्द्रप्रसाद पौडेल चयन भएका छन् ।

सहकारीको हिजो सम्पन्न १२औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले पौडेललाई फेरि अध्यक्षमा चयन गरेको हो ।

सहकारीको उपाध्यक्षमा मनपति अधिकारी, सचिवमा बाबुराम भण्डारी, सहसचिवमा लक्ष्मी अधिकारी र कोषाध्यक्षमा सरिता सुबेदी भण्डारी सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दुर्गाप्रसाद पौडेल, कृष्णप्रसाद दाहाल (ठूल्दाई), नवराज अधिकारी, शान्ति गुरूङ, बिष्णुहरि भुगाई र खगराज अधिकारी छन् ।

लेखा समिति संयोजकमा जनकराज पौडेल, सदस्यहरुमा कृष्णराज अधिकारी र रामेश्वर पौडेल सर्वसम्मत निर्वाचित भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button