पोखरा । आज ‘पुस १५’ पर्व मनाइँदैछ । पुसे १५ को रुपमा चर्चित यो पर्वमा मीठा परिकार खाने, राति जाग्राम बस्ने चलन छ भने केही स्थानमा दन्त्य कथा भन्ने र देउडा खेल्ने चलन पनि रहेको छ । यस पर्वलाई ‘पन्नरी रात’, ‘ठूलीरात’ पनि भन्ने गरिन्छ।
आजको रात सबैभन्दा लामो हुने मान्यता भएकाले यस पर्वलाई ‘ठूलीरात’ भन्ने गरिएको हो । तर, विश्वभर भने डिसेम्बर २२ को रात सबैभन्दा लामो हुने मानिन्छ ।
आज टोल छिमेकमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
१५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution