माटेपानी सामुदायिक सेवा केन्द्रको अध्यक्षमा आचार्य

पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ स्थित माटेपानी सामुदायिक सेवा केन्द्रको अध्यक्षमा धर्मराज आचार्य निर्वाचित भएका छन् ।

संस्थाको शनिबार सम्पन्न १९ औं साधारणसभा तथा आठौँ अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचन संयोजक अधिवक्ता गीता आचार्यले जानकारी दिइन् ।

संस्थाको उपाध्यक्षमा शिवप्रसाद बराल, सचिवमा बाबुराम सापकोटा, कोषाध्यक्षमा वसन्तराज कोइराला, सहसचिवमा किरण अधिकारी निर्वाचत भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यहरुमा संकल्प बस्याल, कोपिल श्रीष, सीता रेग्मी बास्तोला, पदम कार्की, रमेशराज पौडेल, विनोद बराल, सीता शर्मा, सम्झना बास्तोला, दीपा थापा र रामचन्द्र बास्तोला चयन भएको निर्वाचन संयोजक आचार्यले जानकारी दिइन् ।

पोखरा महानगरपालिका अन्तर्गतका ११, १२, १३ र १४ वडामा कार्यक्षेत्र रहेको स‌स्थामा हाल २ सय ५४ जना आजीवन सदस्य रहेका छन् ।

सभ्य सुसंस्कृत समाज निर्माणमा स्थानीय जनता र नेपाल प्रहरीको संयुक्त सहभागितालाई मजबुत बनाई विकृति र विसंगतिरहित समाज स्थापना गर्ने उद्देश्यका साथ २०६० सालमा माटेपानी सामुदायिक सेवा केन्द्र स्थापना भएको हो । कास्कीमा ७ वटा सेवा केन्द्र रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button