कास्कीमा लागूऔषध प्रयोगकर्ताले प्रशिक्षण लिएपछि खाए सपथ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध प्रयोगकर्तालाई लागूऔषधको प्रयोगबाट हुने असरहरू तथा कानूनी व्यवस्थाका विषयमा प्रशिक्षण दिएको छ ।

कास्की प्रहरी अन्तर्गत विभिन्न इकाइमार्फत पक्राउ पक्राउ भइ जिल्ला प्रहरी कार्यालय ल्याइएका १३ जना लागूऔषध प्रयोगकर्तालाई उनीहरुको अभिभावकसँगै राखेर यस्तो प्रशिक्षण दिइएको कास्की प्रहरीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवण कुमार विकले जानकारी दिए ।

सोही अवसरमा सहभागी लागूऔषध प्रयोगकर्ताले अब उप्रान्त लागूऔषध सेवन नगर्ने, लागूऔषध प्रयोगको असरका बारेमा प्रचार-प्रसार गर्ने सपथसमेत खाएका छन् ।

साथै उनीहरुलाई लागूऔषध दुव्र्यसनी, कारोवारी र आपराधिक गतिविधिको बारेमा प्राप्त भएको जानकारी प्रहरीलाई दिइ प्रहरीको असल साथी बन्ने, असल र जिम्मेवार नागरिक बनी समाज परिवर्तनको संवाहक बन्ने सपथ खुवाएर अभिभावकको जिम्मा लगाइएको डिएसपी विकले जानकारी दिए ।

प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाले लागूऔषध प्रयोगकर्तालाई प्रशिक्षण दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button