
पोखरा । अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत गर्दै पोखरामा आतिशबाजी गरिने भएको छ ।
रेवान पोखराले गृह मन्त्रालयबाटै स्वीकृति लिएर आतिशबाजी गर्न लागिएको जनाएको छ ।
आशितबाजी २५औँ सडक महोत्सवस्थल पोखरा लेकसाइडको वसुन्धरा पार्कमा गरिनेछ ।
आज राति ठीक १२ बजे एक मिनेटमात्र आतिशबाजी गर्ने अनुमति पाएका रेवानका अध्यक्ष नरेश भट्टराईले पोखरा न्यूजलाई जानकारी दिए ।
उनले भने, ‘राज्यको कानूनमा गर्न नपाइने भएपनि २५औं महोत्सव र अंग्रेजी नयाँ वर्ष विश्वभर उल्लासका साथ मनाइरहँदा पोखरामा आतिशवासी नगरिँदा पर्यटकलाई खल्लो हुने महसूस गरेर गृहमन्त्रालयसँग आग्रह गरेर नै गर्न लागिएको हो ।’
गृहले सुरक्षा सतर्कता अपनाउँदै एक मिनेटमात्र आतिशवाजी गर्न अनुमति दिएको उनले बताए ।
आयोजक रेवानले यसअघि आतिशवाजी नगर्ने जनाएको थियो ।
सरकारले आतिशबाजी र पटाकामाथि प्रतिबन्ध लगाएको छ ।





