पोखरामा करापुटार समाजको रक्तदान, ५१ युनिट रगत संकलन

पोखरा । ईशानेश्वर करापुटार-पोखरा सम्पर्क समाजले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक प्रल्हादचन्द्र घिमिरेले जानकारी दिए ।

पोखरा अमरसिंहचोकमा आयोजित कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुःखमा साथ दिन स्थापना गरिएको संस्थाले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम गर्नु प्रसंशनीय रहेको बताए । उनले समाजलाई आवश्यक पर्ने ठाउँमा आफ्नो सधैँ साथ रहने बताए ।

रक्तसंचार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १२ का सचिव महेश्वर अर्याल, मध्यनेपाल नगरपालिका वडा नं. ७ का पूर्व वडाअध्यक्ष गगन घिमिरे, कुसुमाकर मावि करापुटारका प्रधानाध्यापक ध्रुवराज घिमिरे लगायत सहभागी थिए ।

समाजका अध्यक्ष बलराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका सहसचिव एवं कार्यक्रम संयोजक प्रल्हाद चन्द्र घिमिरेले स्वागत र समाजका सचिव निर्मल सोतीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button