करेन्ट लागेर गोरखाका एक युवक गम्भीर घाइते

गोरखा । गोरखामा करेन्ट लागेर एक जना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा अजिरकोट गाँउपालिका वडा नं. ४ सिम्जुङका २१ बर्षीय उत्तम गुरुङ रहेका छन् ।

गुरुङलाई शनिबार बिहान ६ बजे गोरखा नगरपालिका वडा नं. ६ को सतिपिपल मैदानमा करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठलका अनुसार दाउरा लान प्रयोग गरिएको ना४ख ९०६३ नम्बरको ट्रकमा तारले छोएपछि हटाउन जानेक्रममा करेन्ट लागेको थियो ।

गुरुङलाई तत्कालै उद्वार गरी गोरखा अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार हुन नसेकेपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो । गुरुङको २५ प्रतिशतभन्दा बढी शरीर जलेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button