कास्कीकाे मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन

पोखरा । कास्की माछापुच्छ्रे गाउँपालिकाको मर्दी ट्रेकमा गएका स्वीडेनका नागरिक सम्पर्कविहीन भएका छन् ।

मर्दी हाइ क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।

शनिबार बिहान झोला होटलमा नै छाडेर पानीको बोतल र टर्चलाइट लिएर होटलबाट हिँडेका उनी सम्पर्कविहीन भएका हुन् । दिउँसोसम्म नफर्किएपछि उनको खोजी सुरु गरिएको अधिकारीले बताए ।

उनको खोजीका लागि गाउँपालिकाबाट मान्छे खटाइएको र वडा प्रहरी कार्यालय बगरको प्रहरी टोली बिहानै मर्दी बेसक्याम्पतर्फ गएको उनले बताए ।

स्वीडेनी नागरिक सम्पर्कविहीन भएको खबर सम्बन्धित दूतावासलाई जानकारी गराइएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button