पोखरा-४ स्थित उदार बाल विकास केन्द्रको अध्यक्षमा सुवेदी

पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ स्थित उदार बाल विकास केन्द्रको अध्यक्षमा गोमा कोइराला सुवेदी चयन भएकी छन् ।

केन्द्रको आइतबार सम्पन्न साधारणसभा तथा अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको निवर्तमान अध्यक्षमा गोमा गोदार, उपाध्यक्षमा विष्णु कोइराला, सचिवमा सविता पराजुली, कोषाध्यक्षमा रञ्जिता बास्तोला, सहकोषाध्यक्षमा सविता कोइराला रहेका छन् ।

संस्थाको सदस्यहरुमा लक्ष्मी कोइराला, सीता गोदार, शर्मिला पराजुली, पवित्रा अधिकारी, निर्मला लामिछाने, भवानी माकाजु, भगवती कोइराला, पार्वती कोइराला र देवका कोइराला छन् ।

यसैगरी संरक्षकमा वडाध्यक्ष देवकृष्ण पराजुली, सल्लाहकार शकुन्तला कोइराला, जानुका कोइराला र शिरोमणि लामिछाने छन् ।

लेखनाथ पराजुली र मनोज कोइरालाको समन्वयमा केन्द्रको निर्वाचन प्रक्रिया सम्पन्न भएको हो ।

कार्यक्रम शुभारम्भ गर्दै पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले बालबालिकाको वृत्ति, विकासका साथै हेरचाहमा केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । केन्द्रका लागि वडाको साथ रहँदै आएको र आगामी दिनमा सेवा थप गर्ने विषयमा छलफल गर्ने उनले स्पष्ट पारे ।

कार्यक्रममा नवीन माविका व्यवस्थापन समितिका अध्यक्ष सिरोज कोइराला, प्रधानाध्यापक शिरोमणि लामिछाने, संस्थाका पूर्व अध्यक्ष जानुका कोइराला, सहयोगदाता जानुका थापाले बोलेका थिए ।

कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णु कोईरालाले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव सबिता पराजुलीले गरेकी थिइन् ।

कार्यक्रममा अमेरिकामा बस्दै आएका अनिशा सिग्देल र अनिश सिग्देलको सहयोगमा न्यानो कपडा र पौष्टिक खाद्यान्नहरु केन्द्रका बालबालिका र केही न्यानो कपडा नवीन माविका विद्यार्थीलाई वितरण गरिएको छ । सिग्देल दम्पत्तिले यसअघि पनि सहयोग गर्दै आएका थिए । खाद्यान्न तथा न्यानो कपडा वितरणको संयोजक पूजा भण्डारी सुवेदीले गरेकी थिइन् ।

वि.सं. २०५८ सालमा स्थापित उदार बाल विकास केन्द्रमा हाल २४ जना बालबालिका आश्रित छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button