अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु, पोखरामा भव्य स्वागत

  • पोखरा न्यूज
  • २०८० पौष १६
अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु, पोखरामा भव्य स्वागत

पोखरा । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्।

यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन्।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ को विदाई र नयाँ वर्षको स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । नयाँ वर्षको स्वागत पोखरामा पनि भव्यरुपमा गरिएको छ ।

गएराति १२ बजे पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कमा आशितबाजीसहित नयाँ वर्षको भव्य स्वागत गरिएको हो ।

रेवान पोखराले २५ वर्षदेखि अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव सञ्चालन गर्दै आएको छ ।

सेवा पोखराले गृह मन्त्रालयबाट अनमति लिएर नै आतिशवाजी गरेको हो । नयाँ वर्षको उत्सव मनाउन सडक महोत्सवमा हजारौँ नागरिक सहभागी भएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस