पोखरा पर्यटन परिषद् र माउन्ट कैलाश रिसोर्ट सम्मानित

पोखरा । पोखरा पर्यटन परिषद् र पोखराको माउन्ट कैलाश रिसोर्ट सम्मानित भएको छ ।

नेपाल पर्यटन बोर्डले २५ औं वार्षिकोत्सको अवसरमा परिषद् र रिसोर्टलाई सम्मान गरेको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ र रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरेका हुन् ।

पर्यटन बोर्डको प्रवर्द्धनात्मक कार्यमा सहयोग, सहकार्य र साझेदारी गरेको भन्दै पर्यटन परिषद्लाई सम्मान गरिएको हो ।

यस्तै, पर्यटकलाई स्तरीय सेवा प्रदान गरी पर्यटन क्षेत्रको गुणस्तरमा योगदान गरेको भन्दै रिसोर्टलाई सम्मान गरिएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button