पोखरा कप भलिवल : उपाधिका लागि पर्वत र टफ गोरर्खा भिड्दै

पोखरा । पोखरा कप अन्तर क्लव स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि आज पर्वत भलिवल क्लव र टफ गोर्खा टिम भिड्दैछन् ।

पोखरा महानगर भलिवल संघद्वारा आयोजित प्रतियोगितामा पर्वत र टफ गोर्खाबीच भिडन्त हुने भएको हुन् ।

हिजो भएको सेमिफाइनल खेलमा पर्वतले सिद्धार्थ लभडेललाई र टफ गोर्खाले गलकोट नगरपालिकालाई पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

प्रतियोगिता विजेताले १ लाख ११ हजार एक सय ११, उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लव, वसुन्धरा पार्क क्लव, गुरुकुल मावि, सिद्धार्थ लभडेल मावि र टफ गोर्खा सहभागी थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button