पोखरा । पोखरामा भएको प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिपमा अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ ।
अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा भएको प्रतियोगितामा आयोजक अञ्जुलीले ५ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित च्याम्पियन बनेको हो ।
यस्तै, तनहुँको रिसिङ पाटनले ४ स्वर्ण, ६ रजत र १२ कास्यसहित दोश्रो स्थान प्राप्त गर्यो ।
यसैगरी ४ स्वर्ण, ६ रजत र १२ कास्य पदकसहित तनहुँको भिमाद दोजाङले तेश्रो स्थान प्राप्त गरको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ आयोजक दोजाङका पिताम्वर तमाङ र महिलातर्फ तनहुँ जिल्ला रिशिङ पाटन दोजाङकी सालका श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुले प्रतियोगितामा समान २ स्वर्ण जितेका थिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका कास्कीसहित तनहुँ, लमजुङ, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत लगायतका जिल्लाबाट १८ डोजाङका २ सय ५० जना खेलाडी सहभागी थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution