चापाकोट सेवा समाजको अध्यक्षमा पराजुली

पोखरा । चापाकोट सेवा समाजको अध्यक्षमा विश्वेश्वर प्रसाद पराजुली चयन भएका छन् । समाजको साधारणसभा तथा अधिवेशनले पराजुलीलाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा क्या.मानकाजी गुरुङ्ग, सचिवमा दीपक प्रसाद पराजुली, कोषाध्यक्षमा हरिराम पराजुली र सहसचिवमा लक्ष्मी देवकोटा रहेका छन् ।

संस्थाको कार्यसमिति सदस्यहरुमा रामराज पराजुली, सदीक्षा पराजुली, जीवनाथ लामिछाने, रामचन्द्र नेपाली र अञ्जु पराजुली रहेका छन् ।

अधिवक्ता पदमपाणि देवकोटा संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया पूरा गरेको हो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष पदमपाणि देवकोटा, चापाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज पराजुली, संस्थाका निवर्तमान अध्यक्ष शिवलाल पराजुली, चापाकोट गाविसका पूर्व उपाध्यक्ष भीम राना, संस्थापक सल्लाहकार हरिप्रसाद लामिछाने, पूर्व सल्लाहकार जुमकाजी गुरुङ, निवर्तमान सचिव दीपक प्रसाद पराजुली लगायतले बोलेका थिए थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button