कस्तो होला आजको मौसम ?

  • पोखरा न्यूज
  • २०८० पौष १७
कस्तो होला आजको मौसम ?

|फाइल तस्बिर

पाेखरा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशााखाले बताएको छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस