सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । आज मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ५ सय रूपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सोमबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । हिजो सोमबार प्रतितोला १ हजार ४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार ४ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button