जापान एयरलाइन्सको विमानमा भीषण आगलागी, ५ जना बेपत्ता

पोखरा । जापान एयरलाइन्सको विमानमा भीषण आगलागी भएको छ । सो घटनामा हालसम्म ५ जना वेपत्ता भएका छन् ।

जापानको हनेदा विमानस्थलमा अवतरणको क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएर आगलागी भएको बताइएको छ ।

विमानमा रहेका एक व्यक्ति दुर्घटनापछि भाग्न सफल भए पनि अन्य पाँच जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

दुर्घटनाको समयमा जापान एयरलाइन्सको विमानमा ३७९ जना यात्रु सवार थिए । जापान एयरलाइन्सको विमानमा रहेका सबैलाई भने सकुशल बाहिर निकालिएको छ ।

जापान एयरलाइन्सको फ्लाइट ५१६ ले साप्पोरो शहर नजिकैको न्यू चिटोस विमानस्थलबाट स्थानीय समयअनुसार अपराह्न ४ बजे उडान भरेको थियो ।

विमान स्थानीय समयअनुसार साँझ ५ः४७ बजे हानेदा विमानस्थलमा अवतरण गरेको थियो ।

यो दुर्घटनापछि हानेदा विमानस्थलले तत्कालका लागि सबै रनवे बन्द गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button