पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अरोप लागेका शिबबहादुर गुरुङ (महेन्द्र भोटे) करागार चलान भएका छन् । उनी आज आफै कास्की जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनी कानून व्यवसायीसहित अदालतमा उपस्थित भएका थिए । गुरुङको साथमा सहकारीका आइटी प्रमुख भविश्वर अर्याल पनि सहभागी भएका थिए । उनी पनि कारागार चलान भएका छन् ।
सहकारीका अध्यक्ष जिबी राइसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा १५ जना अझै फरार छन् ।
यसअघि पक्राउ परेका सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
यता, मित्र मिलन सहकारी घोटला प्रकरणमा जोडिएका पूर्व रजिष्टार उदयबहादुर पराजुलीसहित चार जना पनि कारागार चलान भएका छन् । यस विषयमा थप विवरण आउन बाँकी छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution