लिटल फ्लावर एजुकेशनल एकेडेमीमा आर्ट क्लव गठन

  • पोखरा न्यूज
  • २०८० पौष १७
लिटल फ्लावर एजुकेशनल एकेडेमीमा आर्ट क्लव गठन

पोखरा । पोखरा महानगरपालिका वडा नं. २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीमा आर्ट क्लव गठन भएको छ ।

विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुवेदार जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा १० की रोजी गुरुङको नेतृत्वमा १३ सदस्यीय आर्ट क्लव गठन भएको भएको विद्यालयका कक्षा ११ र १२ संयोजक विष्णुहरि पौडेलले जानकारी दिए ।

क्लवको उपाध्यक्षहरुमा आन्जेन गुरुङ र आरती गुरुङ, सचिवमा जस्मिन भुजेल, कोषाध्यक्षमा भविन विक, सह–सचिवमा रोहित गुरुङ सर्वसम्वत रुपमा चयन भएका छन् । सदस्यहरुमा प्रथा गुरुङ, अर्विन गुरुङ, रोयश गुरुङ, साइमन विक., रेश्मी परियार र अर्नव भण्डारी र सुनिश्मा जोशी छन् ।

प्रिन्सिपल विकल पौडेल संरक्षक तथा कक्षा ११, १२ संयोजक विष्णुहरि पौडेल र अतिरिक्त कृयाकलाप प्रमुख विचित्र न्यौपानेलाई सल्लाहकार चयन गरिएको छ ।

सो अवसरमा प्राज्ञ नगेनसिंह ठकुरीले कला क्षेत्रमा उत्कृष्टता देखाउँदै विद्यालय र गुरुहरुलाई नभुल्न आग्रह गरे ।

नवगठित आर्ट क्लवका पदाधिकारीलाई व्यवस्थापन समितिका अध्यक्ष तिलकसिंह गुरुङ, विद्यालय सञ्चालक कार्यबाहक अध्यक्ष दिपेन्द्र राई, राइजिङस्टार युवा क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङ, व्यवस्थापन समितिका सदस्यहरु तीर्थ अधिकारी, ओमबहादुर गुरुङ, निर्मला अधिकारी, विद्यालय इञ्चार्ज रामप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस