मित्रमिलन सहकारी ठगी काण्ड : पूर्वरजिष्ट्रार र सहकारीका अध्यक्षसहित ६ जना जेल चलान

  • पोखरा न्यूज
  • २०८० पौष १७
मित्रमिलन सहकारी ठगी काण्ड : पूर्वरजिष्ट्रार र सहकारीका अध्यक्षसहित ६ जना जेल चलान

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारीको रकम ठगी प्रकरणमा जोडिएका पूर्व सहकारी रजिष्ट्रार उदयबहादुर पराजुलीसहित ६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

रहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्व रजिष्ट्रार पराजुली हाल कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।

स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ धनपुरे निवासी उनीमाथि मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने भन्दै एक करोड बढी घुस लिएको आरोप छ ।

यसैगरी नुवाकोट तारकेश्वर गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ रामघाट बस्ने वर्ष ३५ को गोपाल खनाल, पोखरा महानगरपालिका वडा नं. १७ विरौटा बस्ने वर्ष ४२ का बुद्धिसागर पौडेल पनि सोही प्रकरणमा पुर्पक्षका लागि थुनामा गएका हुन् ।

यस्तै, कास्की पोखरा महानगरपालिका वडा नं. ६ खहरे बस्ने वर्ष ३९ का राजु बराल, स्याङ्जा आँधीखोला गाउँपालिका वडा नं. ४ घर भइ पोखरा-७ रत्नचोक बस्ने मित्र सहकारीका अध्यक्ष वर्ष ३२ का रमन पौडेल र पोखरा-२३ खोरपाखा घर भइ हाल पोखरा-११ फूलवारी सहकारीका कार्यकारी अधिकृत वर्ष २८ का किरण अधिकारी पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

सहकारीका सञ्चालनहरुले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका २९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएपछि २३ जना अझै फरार छन् । जसमा पत्रकार र वकीलसमेत रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस