नदीमा खसेर मजदुरकाे मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा निर्माणाधीन मध्यतमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको ज्यान गएकाे छ ।

विद्युतीय तार मिलाउने क्रममा हिजाे तमोर नदीमा खस्दा भारत पश्चिम बङ्गालको माल्टाटाउनका २२ वर्षीय मुकेश शाहीकाे ज्यान गएकाे हाे ।

मध्यतमोर जलविद्युत् आयोजनाको हान्द्रुङमा रहेकाे विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तारबार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका उनकाे ज्यान गएकाे हाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button