|तस्बिर सौजन्य : राजाराम शर्मा, धादिङ
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ बैरेनीस्थित एक कम्प्युटर गोदाममा गएराति आगालागी भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेसीमा दर्ता भई सञ्चालनमा रहेको प्रतीक कम्प्युटर एण्ड ट्रेनिङ सेन्टरको बैरेनीस्थित गोदाममा आगलागी भएको हो । आगलागी हुँदा ९० लाखभन्दा बढीको क्षति भएको सञ्चालक तिलक सिंखडाले बताए ।
नीलकण्ठ नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयबासीको प्रयासमा करिब ३ घण्टामा आगो नियन्त्रणमा आएको स्थानीय भगवान भट्टले बताए ।
कम्प्युटर गोदाममा नयाँ र विभिन्न व्यक्ति तथा संघ/संस्थाका मर्मत गर्न ल्याइएका कम्प्युटर, ल्यापटप, विद्युत इन्भर्टर, एसी लगायतका सामानहरु रहेको सिंखडाले बताए ।
गोदाममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । गोदाम नजिक वस्ती नरहेको र अन्य कतै आगो बालेको नभेटिएकाले विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने बैरेनी प्रहरी चौकीका इञ्चार्ज राजीव बैठाले जानकारी दिए ।
प्रारम्भिक अनुमानमा ९० लाख बढीको क्षति भएको देखिएको असई बैठाले बताए । घटनाको थप विवरणका लागि अनुसन्धान भइरहेको र विज्ञ टोलीको अध्ययनपिछ मात्रै क्षति विवरण एकिन हुने उनले बताए ।
विगत २० वर्षदेखि सञ्चालनमा रहेको सेन्टरले नीलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको भाडाको गोदाम सारेर ६ महिनादेखि सिद्धलेक गाउँपालिका वडा नं. १ बैरेनीमा गोदाम गर्दै आएको थियो । सेन्टरका सञ्चालक सिंखडा धादिङ उद्योग वाणिज्य संघका महासचिव हुन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution