एउटा खुट्टा गुमाएका पोखराका यामलाई आर्थिक सहयोग

पोखरा । खुट्टामा समस्या भएर एउटा खुट्टा गुमाइ अस्पतालमा उपचाररत पाेखराका एक व्यक्तिलाई पन्चासे हर्पन डॉडा समाज युकेले आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २३ सिधानेका ४० वर्षका यामबहादुर गुरूङलाई समाजले आर्थिक सहयोग गरेको अध्यक्ष देउकाजी गुरुङले जानकारी दिए ।

यामबहादुरको देब्रे खुट्टामा घाउ हुँदा मंसिर ८ गते अपरेसन गरि काटिएको छ । उनी हाल काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचाररत छन् ।

किसानी काम गर्दै आइरहेका उनको आर्थिक अवस्था निकै नाजुक भएकाले उपचारमा समस्या भएपछि समाजको पहलमा रकम संकलन गरि सहयोग गरिएको बताइएको छ ।

बिरामी यामका लागि ९ लाख २५ हजार ३ सय ३४ रूपैयाँ अध्यक्ष गुरूङले हस्तान्तरण गरेका हुन् ।

समाजले सिधाने, कुद्वीडाँडा, दमदमे र मकानपुरका ४ गाउँंका नागरिकका लागि विभिन्न आर्थिक सहयोग गर्दै आएको छ ।

युके समाजले शैक्षिक, सामाजिक तथा अन्य क्षेत्रमा महत्वपूर्ण सहयोगसमेत गर्दै आएको छ ।

समाजले कोरना कहरमा स्थानीय गाउँमा राहत वितरण गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button