पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली फेसबुक आइडी बनाएर ठगी ‘हनी ट्र्याप’ गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २९ तालचोकका २२ वर्षका अनुराग घिमिरे, चितवन रत्ननगर नगरपालिका वडा नं. १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका वडा नं. १ का २१ वर्षीय युनिक सिंह छन् ।
उनीहरुलाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरेर पोखरा ल्याइ अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।
उनीहरुले केटीको नाममा फेसबुक आइडी बनाएर पुरुषहरुलाई हनी ट्र्यापमा पारेर गठी गर्दै आएको डीएसपी विकले बताए ।
उनका अनुुसार पक्राउ परेकाहरुले फेसबुकमा सुरुमा साथी बनाउने, फोन गर्ने र त्यसपछि अश्लील भिडियोहरू देखाउने तथा स्क्रिन रेकर्ड गर्ने गरेका थिए ।
सोही रेकर्ड भएको स्क्रिनलाई उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरिदिन्छु भनेर डर धम्की दिएर पैसा असुल्ने गरेको खुलेको डीएसपी विकले बताए ।
पक्राउ परेका तीनैजनाविरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सर्सन) सम्बन्धी मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution