पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित छोरेपाटन मावि युवा रेडक्रस सर्कलले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ ।
विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मंगलबार बिहान रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लडव्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले रक्तदान अत्यन्तै राम्रो कार्य भएको भन्दै नियमितरुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
कार्यक्रम छोरेपाटन माविका व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक डिल्लीराम शर्मा, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम सुवेदी, छोरेपाटन मावि भूपू विद्यार्र्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, शिक्षक दीपक सुवेदी लगायतले रक्तदानको महत्वको बारेमा चर्चा गरेका थिए ।
शिक्षक नायक युवराज सुवेदीले भूपू विद्यार्थी मञ्च र डेभिडफल्स क्लवको सक्रियताले कार्यक्रम सफल बनाउन मद्धत पुगेको बताए ।
सर्कलका अध्यक्ष सुशान्त सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकृति शर्माले गरेकी थिइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution