सुनचाँदीको मूल्य घट्यो

पोखरा । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २ सय रुपैयाँ कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४ सय रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले खुम्चिएको छ ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार ४ सय ५० रुपैयाँ कायम छ ।

हिजो चाँदीको कारोबार मूल्य तोलामा १ हजार ४ सय ६० रुपैयाँमा भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button