मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर । मोटरसाइकलको ठक्करबाट मकवानपुरको हेटौँडामा प्रहरी जवानको मृत्यु भएको छ ।

डडेलधुरा आलिताल गाउँपालिका वडा नं. ६ घर भएका बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय विनोद एडीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

बुधबार बिहान हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना४३प २२२ नं को मोटरसाइकल सडकमा अनियन्त्रित भई पल्टिँदा चालक हेटौँडा-४ का ४१ वर्षीय लक्ष्मण लामा र सोही गणमा कार्यरत प्रहरी जवान नवराज सार्की र विजय खत्री घाइते भएको उनले बताए ।

मोटरसाइकल चालक लामाको चितवनमा उपचार भइरहेको छ । प्रहरी जवानद्वय सार्की र खत्रीको हेटौँडा अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button